बेनिघाट रोराङ गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न, १०५ जनाले गराए रक्तदान

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ अषाढ ३०, सोमबार (५ दिन अघि)
  • १६२ पटक पढिएको

बेनिघाट रोराङ गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न, १०५ जनाले गराए रक्तदान

धादिङ — बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३, रिचोकटारमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा २० जना महिला र ८५ जना पुरुष गरी कुल १०५ जनाले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ  कुमार तामाङले रक्तदाताहरूको उत्साहजनक सहभागिताले समुदायमा रक्तदानप्रति बढ्दो चेतनालाई प्रतिनिधित्व गर्ने बताउनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीका पदाधिकारी, समाजसेवी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका कार्यकारी प्रमुख कृष्ण कान्त मिश्रका अनुसार रक्तदानमा सहभागी सबै व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। उहाँले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको जानकारी दिनुभयो।

यस कार्यक्रमले स्थानीय तहमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जीवनरक्षक रक्त सञ्चयमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस