गजुरी गाउँपालिकाको सूचना: वर्षायाममा नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह


गजुरी गाउँपालिकाको सूचना: वर्षायाममा नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह

गजुरी, धादिङ – गजुरी गाउँपालिकाले वर्षायामको समयमा नदी तथा खोलाहरूमा पानीको बहाव अत्यधिक रहेको अवस्थामा नदी किनारामा काम गर्ने मजदुरहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

गाउँपालिका अन्तर्गतका त्रिशूली नदी तथा अन्य खोलानालामा बालुवा, ढुंगा लगायतका नदीजन्य पदार्थ संकलन गरी जीविकोपार्जन गर्ने मजदुरहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरिएको हो।

वर्षासँगै बढ्दो बहावका कारण ज्यानमात्र नभई सम्पत्तिमा पनि क्षति हुनसक्ने भन्दै पालिकाले जोखिम व्यवस्थापनका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा मजदुरहरूलाई जोखिम मूल्यांकन गर्दै सीमित भई काम गर्न र ज्यानमाथि खतरा हुनसक्ने अवस्थामा काम नगर्न समेत अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस