रुविभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ इजरायलको उच्चस्तरीय भेटवार्तामा व्यस्त

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ अषाढ ३०, सोमबार (४ दिन अघि)
  • १४८ पटक पढिएको

रुविभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ इजरायलको उच्चस्तरीय भेटवार्तामा व्यस्त

धादिङ। धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हाल इजरायलको सरकारी भ्रमणमा रहेका छन्। भ्रमणको क्रममा अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा पुगेर उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, स्थानीय शासन प्रणालीको अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगका सम्भावनाबारे छलफल भएको बताइएको छ ।

अध्यक्ष तामाङको इजरायल यात्रा “मुनिएक्सपो २०२५” सम्मेलनमा सहभागिताका लागि भएको हो। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुकका स्थानीय सरकार प्रमुखहरूको उपस्थिति रहेको छ।

सम्मेलनले नवीन प्रविधि, स्मार्ट सहर विकास, जल व्यवस्थापन, कृषि प्रविधि र सुशासनका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ। यस भ्रमणले रुबीभ्याली गाउँपालिकाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै स्थानीय विकासका क्षेत्रमा सहयोगका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस