गजुरीको जरे बगैँचामा बृहत् स्वास्थ्य शिविर सम्पन्न,सयौंले पाए राहत

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ अषाढ ३१, मंगलबार (३ दिन अघि)
  • १६१ पटक पढिएको

गजुरीको जरे बगैँचामा बृहत् स्वास्थ्य शिविर सम्पन्न,सयौंले पाए राहत

धादिङ । गजुरी गाउँपालिका–६, जरे बगैँचा स्थित भानुभक्त माध्यमिक विद्यालयमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको आयोजनामा सम्पन्न निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरबाट ४०१ जनाले सेवा लिएका छन्।

शिविरमा ३१९ जना महिला र ८२ जना पुरुषले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका कार्यक्रम संयोजक डा. दिनेश रेग्मीले जानकारी दिए।

शिविरमार्फत प्रदान गरिएका सेवाको विवरण यस्तो छ:

भिडियो एक्स–रे सेवा: ८७ जना

स्त्री तथा प्रसूति सेवा: ६३ जना

हाडजोर्नी तथा सामान्य (जेनरल) सेवा: ५८ जना

सामान्य शल्यक्रिया (जर्नरल सर्जरी): ५१ जना

बालरोग सेवा: २३ जना

दन्त सेवा (डेन्टल): ४० जना

ईसीजी सेवा: ६ जना

शिविरमा हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा,दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रमका संयोजक डा.रेग्मिले हाम्रो दैनिक अनलाइनलाई जानकारी दिनुभयो।

मङगलबार लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष विक्रम विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।

शिविरले विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरूलाई लक्षित गर्दै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ठूलो योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।(फोटो अशोक श्रेष्ठ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस