गजुरीका सामुदायिक विद्यालयमा प्रविधि विस्तार, ल्यापटप र प्रिन्टर हस्तान्तरण


गजुरीका सामुदायिक विद्यालयमा प्रविधि विस्तार, ल्यापटप र प्रिन्टर हस्तान्तरण

गजुरी, धादिङ – गजुरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधि पहुँच वृद्धि गर्नका लागि ल्यापटप र प्रिन्टर वितरण भएको छ।

पालिकाबाट प्राप्त आधिकारिक विवरणअनुसार हालसम्म
सूचना प्रविधि पहुँच वृद्धि नभएको जनजागृति, बागेश्वरी, जलकन्या, कालिका, पुकुन, र पञ्चकन्या आधारभूत विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिएको हो।

बाकीँ रहेका बिधालयहरुमा जम्मा ५ थान ल्यापटप र ५ थान प्रिन्टर वितरण गरिएको गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेलले बताए।

साथै यस ल्यापटप वितरण गर्ने क्रममा आदर्श माध्यमिक बिधालयका बिधालय प्रधानाध्यापक सुरेश कुमार बस्नेतलाई फुटबल हस्तान्तरण समेत गरेका छन्।

स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरू भने, “सबै विद्यालयलाई समान पहुँच हुने गरी प्रविधि सामग्री उपलब्ध गराउनुपर्ने” माग राख्दै आएका थिए ।

गजुरी गाउँपालिका शिक्षा शाखाले भने बाँकी विद्यालयहरूलाई आवश्यकताका आधारमा चरणबद्ध रूपमा उपकरण उपलब्ध गराउन सफल भएको बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस