रत्ननगर-१६ दोबाटो बजारमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ श्रावण २, बिहिबार (२ दिन अघि)
  • ३७ पटक पढिएको

रत्ननगर-१६ दोबाटो बजारमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

रत्ननगरको वडा नं. १६ पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिकातर्फबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नं को ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा साइकल यात्री रत्ननगर १६ सेवाकेन्द्र टोल निवासी अन्दाजी वर्ष ७० को कृष्णबहादुर पन्तको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा सहित स्थानीयको सहयोगमा उपचारको लागि रत्ननगर बकुलर अस्पताल लगिएकोमा बिहान १०:२२ बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रन्जन अवाले जानकारी दिए।

मृतकको शवलाई पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस