गजुरी फिडर अन्तर्गत साउन ३ गते आज विद्युत सेवा अवरुद्ध हुने

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (२३ घण्टा अघि)
  • २६ पटक पढिएको

Post Thumbnail

गजुरी, धादिङ — गजुरी विद्युत कार्यालयले यहि साउन ३ गते (शनिबार) गजुरी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ।

मौसम अनुकूल रहेमा उक्त दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मुख्य लाइनमा बुश कटिङ (रुखका हाँगाविँगा हटाउने कार्य) गरिने भएकोले विद्युत आपूर्ति अनियमित वा पूर्ण रूपमा बन्द हुन सक्ने विद्युत कार्यालयले जनाएको छ।

विद्युत अवरुद्ध हुने स्थानहरूमा जहरेखेत, पोख्रेखोला, बाङ्गे, घाटवेसी, गलौदी, गजुरी बजार, चालिसे, बिहानि पम्प, फुर्केखोला, परेवाटार, बुंगचुङ, मलेखु बजार, हिलटप, शितल बजार, सलाङघाट, मालिङ्गा, गोम्ती पुल, बेनिघाट बजार, विशालटार, चरौंदी बजार, खतौटी, ज्यामिरेघाट, मझिमटार, हुग्दिखोला, स्याडुल, जनगाउँ, खोरभञ्ज्याङ, ताल्ती, कात्रराक, खानिगाउँ लगायतका क्षेत्रहरू पर्नेछन्।

कार्यालयका अनुसार काम सम्पन्न गर्ने क्रममा ठाउँअनुसार शाखा लाइन काटिँदै जाने भएकाले कतिपय स्थानमा लाइन पुनः सुचारु हुने समय फरक–फरक हुन सक्छ।

यस कार्यबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमाप्रार्थना गर्दै कार्यालयले थप जानकारीका लागि ०१०–४०२११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस