आरुखर्क माध्यमिक विद्यालयको भू.पू विद्यार्थी मञ्च गठन, यस्तो छ कार्यसमिति


आरुखर्क माध्यमिक विद्यालयको भू.पू विद्यार्थी मञ्च गठन, यस्तो छ कार्यसमिति

काठमाडौं -श्री आरुखर्क माध्यमिक विद्यालय नुवाकोटको भूतपूर्व विद्यार्थीहरुको साझा संस्था भूतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।

शनिवार काठमाडौंको तारकेश्वर नगरपालिका बङ्गलामुखी मन्दिर परिसरमा भएको  काठमाडौंमा रहेका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको भेलाले मञ्चको गठन गरेको हो ।

भेलाले संकल्प ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले जानकारी दिनुभयो।

त्यस्तै उपाध्यक्षमा मलिका ढुंगाना, सचिवमा सुजन तामाङ , सहसचीवमा सुदीप ढुंगाना, कोषाध्यक्षमा , प्रदीप ढुंगानालाई चयन गर्नुका साथै कार्यसमिति सदस्यहरुको मनोज ढकाल , वविता ढुंगाना , निशान ढकाल  , विनोद ढकाल , अर्पण तामाङ , नेहा खतिवडालाई चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाले विद्यालयको स्थापना कालदेखि अध्ययन गरेर विविध क्षेत्रमा क्रियाशिल विद्यार्थीहरुलाई संगठित गर्ने उद्देश्यअनुसार भूतपूर्व विद्यार्थीहरुको भेला आयोजना गरेर नयाँ कार्यसमिति गठन गरिएको बताउनु भयो ।

भेलामा भूतपूर्व विद्यार्थीहरुका साथै अभिभावक शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, लगायतको सहभागी रहेको थियो ।
२०३१ सालमा स्थापना भएको विद्यालयमा अहिले प्लेग्रुपदेखि १० कक्षा दससम्म पठनपाठन हुँदै आएको छ भने विद्यालयमा अहिले २२५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस