विद्यालयको स्तर सुधारका लागि चार कोठे भवन निर्माणमा पहल गर्ने ढुङ्गनाको प्रतिबद्धता


विद्यालयको स्तर सुधारका लागि चार कोठे भवन निर्माणमा पहल गर्ने ढुङ्गनाको प्रतिबद्धता

काठमाडौँ । बाग्मती प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गनाले विद्यालयको शैक्षिक स्तर उकास्न चार कोठे भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नुवाकोटका बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले शैक्षिक सुधारका लागि सबै पक्षको योगदान आवश्यक रहेको बताएका हुन् ।

ढुङ्गनाले विद्यालयले खोजमूलक कार्यमा सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गर्दै, यस कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन्। उनले विद्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्न अभिभावक, शिक्षक, र समाजको सामूहिक प्रयास आवश्यक हुने बताए।

उनका अनुसार विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु देशका विभिन्न क्षेत्रहरुमा काम गर्दै राज्यलाई आर्थिक रूपमा सवल बनाउन योगदान गरिरहेका छन्। समाजप्रति उत्तरदायी रहनुपर्ने सन्देश दिँदै उनले विद्यार्थीहरुलाई जिम्मेवार नागरिकका रूपमा तयार गर्न विशेष ध्यान दिनुपर्ने बताए।

ढुङ्गनाले यो आर्थिक वर्षमा अरुखर्क क्षेत्रको विकासका लागि बाग्मती प्रदेशबाट विभिन्न योजनाहरूमा बजेट विनियोजन गरिएको जानकारी पनि दिए।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस