अनेरास्ववियू( क्रान्तिकारी) गजुरीको दोस्रो सम्मेलन सप्पन्न, अध्यक्षमा सुमन लो.तामाङ चयन

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (२ हप्ता अघि)
  • २४७ पटक पढिएको

अनेरास्ववियू( क्रान्तिकारी) गजुरीको दोस्रो सम्मेलन सप्पन्न, अध्यक्षमा सुमन लो.तामाङ चयन

अखिल क्रान्तिकारी गजुरी गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ ।

उक्त दाेस्राे पालिका सम्मेलनले सुमन लो.तामाङको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रश्मि तामाङ,शेर ब.बि.क,प्रमिला अधिकारी,विशाल रुपाखेती र सचिवमा शिव पाण्डे सह सचिवमा सन्देश खड्का,विश्वास विश्वकर्मा,अनुष्का तामाङ तथा काेषाध्यक्षमा मिलना अधिकारी निरविराेध सर्वसम्मत चयन हुनुभएको छ ।

अखिल क्रान्तिकारी गजुरी गाउँपालिकाकाे दाेस्राे सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश समिति सदस्य एवं गजुरी गाउँपालिका पार्टी इन्चार्ज ध्रुव सुबेदीले अबको राजनीति युवाको काँधमा आएको बताउनुभएको छ । सुवेदीले राजनीतिलाई ट्रयाकमा लिन र नेतृत्वको संरक्षण तथा खबरदारी गर्न पनि युवा शक्ति चलायमान र जुझारु हुन जरुरी भएको बताउनुभएको छ । त्यस्तै उहाँले देशमा भएको अन्याय अत्याचार र बेथिति विरुद्ध पनि विद्यार्थीहरुले कडा रुपमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

गजुरी-१ का वडा सरकार प्रमुख तारानाथ भण्डारीले अब विद्यार्थीहरु एकजुट भएर अघि बढ्नु पर्ने,अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु पर्ने कुरामा जोड दिनुभएको हो।

गजुरी गाउँपालिका सरकार प्रमुख एवं गा.पा.अध्यक्ष गणेशलाल श्रेष्ठले विद्यार्थीहरुले नेतृत्व लिएर अघि बढ्नु पर्ने,सरकारले गरेका राम्रा नराम्रो कामको प्रचार प्रचार गर्नु पर्ने,अब युवा पुस्ता अघि बढ्नु पर्ने बिषयमा जोड दिदै बन्दै गरेको गाउँपालिका स्तरीय कमिटीलाई शुभकामना सहित बधाई दिनुभएको हो।

नव निर्वाचित अध्यक्ष सुमन लो तामाङले आफ्नो कार्यकालमा बिद्यार्थीहरुको हकहितमा निमित्त सदैव प्रतिवद्ध भएर विद्यार्थी माझ जाने र विद्यार्थीको मर्म भावनालाई बुझेर कार्यसम्पादन गर्ने बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस