सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ-अध्यक्ष नेपाल

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २२, शनिबार (३ महिना अघि)
  • १०६ पटक पढिएको

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ-अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन्।

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजकाको शुभकामना दिँदै उहाँले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताका छ्न।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन।

समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक न्याय तथा समानता कायम गर्न तिजले सबैलाई प्रेरणा प्रदान गर्ने विचार प्रकट गरेका छ्न।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै परम्परागत रूपमा प्रचलनमा रहेका संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र  राष्ट्रिय एकतालाई बलियो बनाउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस