बेनिघाट रोराङ गाउँपालिकाको बिधाङमा चेपाङ समुदायले मनाए छोनाम न्वागी पर्व


बेनिघाट रोराङ गाउँपालिकाको बिधाङमा चेपाङ समुदायले मनाए छोनाम न्वागी पर्व

बेनिघाट रोराङ गाउँपालिका वडा नं.८ स्थित बिधाङमा चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाएका छन् ।

चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।कार्यक्रममा स्थानियको भब्यताका साथ उपस्थित रहेको थियो।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। न्वागी पर्वका दिन घैयाधानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले नेपाल चेपाङ संघका पुर्व केन्द्रीय सचिव चेपाङ ले बताए।

कृष्णबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रमको बागमती प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जमकट्टेल, संविधानसभा सदस्य पुुष्पविक्रम मल्ल, गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (बिबेक), उपाध्यक्ष टापबहादुर श्रेष्ठ, गाउँपालिकाका पूर्व अध्यक्ष पित्तबहादुर डल्लाकोटी लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा न्वागी पर्व मनाइएको नेपाल चेपाङ संघका पुर्व केन्द्रीय सचिव तिलक चेपाङको हाम्रो दैनिकलाई बताउनुभयो।

भदौ पूर्णिमाको रातलाई नेपालको अल्पसंख्यक अति सिमान्तकृत आदिवासी चेपाडले नयाँ वाली भित्र्याउने दिनका रुपमा न्वागी पर्वलाई धुमधामसँग मनाउँन।चेपाङहरुको जंगली कन्दमुल खाएर टर्रो भएको मुखमा नयां घैया चामलको भात र मकै कोदोको ढिडो पर्छ । चेपाङले खोरिया खनि खोस्री उत्पादन गरेको मकै, कोदो, धान र विभिन्न खाद्यान्न भित्रयाउने समय यही महिना हो । अन्न भित्र्याएपछि पहिला पित्रीलाई चढाएपछि आफूले खानुपर्छ भनेर न्वागी खाने चलन छ ।

शनिबार बिधाङमा पाँडे पुरेत कृष्णबहादुर चेपाङले सामुहिक रुपमा न्वागी कार्यक्रमको आयोजना गर्नुभएको हो ।अतिथिहरुको हातमा ढ्यांग्रो थियो । यो बजाएर न्वागीको सुरु गर्नुभएको हो । गरिबीका कारण घरघरमा पर्व मनाउन नसकिने भएकोले केही वर्षदेखि सामुहिक न्वागी पर्व मनाइने गरिन्छ ।पछिल्ला वर्षहरुमा न्वागि पर्व मनाउने चेपाङको संखया पनि घटेको छ । धर्म परिवर्तनका कारण पर्वको महत्व नबुुझेर धर्म परिवर्तन गरि नागरिकहरु संस्कृपित जोगाउन समेत नजुटेको शिक्षक समेत रहनुुभएका नेपाल चेपाङ संघका पुर्व केन्द्रीय सचिव तिलक चेपाङको भनाइ छ ।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष यस पर्व मनाउने गरिन्छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्।

सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन्। यसैगरी मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस