प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेरेर नवलपुर राख्न ध्यानाकर्षण गराइएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर बर्दघाट सुस्ता पूर्वबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएर प्रधानमन्त्री ओलि समक्ष ध्यानाकर्षण गराएका छ्न।
मागपत्रमा जिल्लाको नामकरण नवलपुर गरिनुपर्ने, धौबादी फलाम खानीको उत्खनन निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्ने लगायत विषय उल्लेख गरिएका हो।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट योगदान गर्न सबैसँग आह्वान गरे।रासस