धादिङ//सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन।
सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,उनले भनेका छन् । उनका अनसार, अब खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ ।
ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए हेलो सरकारमार्फत उजुरी दिन आग्रह गरेका छन् । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ, प्रधानमन्त्री खड्क प्रसाद ओलीले भनेका छन।