नेपाली भुईंतहका जनता लाखौँ संख्या अभियानमा सहभागी:डा.भट्टराई

फोटो।सामाजिक सञ्जालबाट
  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (३ हप्ता अघि)
  • ६७ पटक पढिएको

नेपाली भुईंतहका जनता लाखौँ संख्या अभियानमा सहभागी:डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने एताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन्।

बिहीवार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भमा अध्यक्ष डा.बाबुराम भट्टराईले यस्तो दावी गर्दै भुईंतहका जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको उनको दावी गरे।

डा.भट्टराईले सुगौली सन्धीभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य विस्तार हुँदामात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिका राज्य निर्माणमा सहभागी भएको बताए। जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको बताए।

‘जनयुद्ध भनेको नेपाल राज्य बने यताको सबैभन्दा ठूलो परिघटना हो। नेपाली भुईंतहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसाबले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धीभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म राज्य विस्तार हुँदा‚’ उनले भने, ‘नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए।

माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो।’ नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त समेत नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका हुन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस