यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • ६५ पटक पढिएको

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

गजुरी/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।धादिङ जिल्ला आसपास गजुरी,मलेखु,गल्छी लगायत विभिन्न स्थानहरुमा वर्षा रोकिएको छ। 

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा  मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनारहेको छ।बागमती , गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस