जुम्लाको कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार राती गएको अविरल वर्षाका कारण कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकाको एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका हुन।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी रहेको बताएका छ्न।रासस