आज प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन १३, आईतबार (८ महिना अघि)
  • २४७ पटक पढिएको

आज प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बिहान १० बजे बोलाइएको छ ।

अविरल वर्षा, बाढी पहिरो,डुवान र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

आइतबार नै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्। सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस