विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मलेसियाली सहित चार जना पक्राउ

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (३ महिना अघि)
  • १५२ पटक पढिएको

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मलेसियाली सहित चार जना पक्राउ

काठमाडौँ १३ कात्तिक।रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियालीन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियाली नागरिक ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन्।

पक्राउ परेका चारै जनालाई कारबाही शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका हुन।

उनीहरूले केही व्यक्तिसँग रकम समेत असुल गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ  छ। ठगीसम्बन्धी मुद्दामा  जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस