भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा, नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक २१, बुधबार (१ महिना अघि)
  • ११५ पटक पढिएको

भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा, नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

काठमाडौँ २१,कात्तिक।साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए ।

उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे । सो भिडियो धेरैले हेरेका छन् ।

कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले बताए । उनले भने, ‘मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र इन्टरपोललाई पत्राचार गर्ने प्रक्रिया भइरहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस