शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको निधन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष ८, सोमबार (३ हप्ता अघि)
  • ८१ पटक पढिएको

शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको निधन

काठमाडौं पौष ८,सोमबार। मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ।

आज बिहान ५ बजे  जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका दाजु तीर्थ दनुवारले जानकारी दिए। उनका श्रीमानले  बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्।उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस