मकवानपुर १७,पौष ।मकवानपुरमा गैँडाले आक्रमण गर्दा एक वृद्धा घाइते भएकी छिन्।
चितवनको राप्ती नगरपालिका- १ दुबिचौरकी ७० वर्षीया दिलमाया स्याङ्तानलाई बुधबार बिहान साढे ८ बजेतिर मनहरी गाउँपालिकाको लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो।
घास काट्ने र गोबर टिप्ने क्रममा उनलाई गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई आक्रमण गरेपछि स्थानीयले होहल्ला गरेपछि गैँडा भागेको थियो।
प्रहरीका अनुसार चितवनमा उनको उपचार भइरहेको छ। अहिले उनको अवस्था सामान्य छ।
यसअघि मंगलबार रत्ननगर नगरपालिका-१६ जयमङ्गलामा गैँडाले आक्रमण गर्दा ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले जानकारी दिए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |