गजुरीको जनआदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औं साधारणसभा सम्पन्न


गजुरीको जनआदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औं साधारणसभा सम्पन्न

धादिङ।गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जन आदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औं साधारणसभा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,बिशेष अतिथि गजुरी ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजा,साना किसान कृषि सहकारी संघ धादिङका लेखा समिति संयोजक पुर्षोतम न्यौपानेले सद् भाव गरिबी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यबस्थापन बासुदेव सुवेदी, जन आदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रेशम श्रेष्ठ सल्लाहकार समिति सदस्य माधव भण्डारी,अणु राज पाठक
रहेका थिए।

साधारणसभामा सहकारीको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना, र नीतिहरू प्रस्तुत गरिएको हो। प्रमुख अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले सहकारीले ग्रामीण भेगका किसानहरूको आर्थिक सशक्तिकरण मा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारीले कृषि क्षेत्रमा थप योगदान पुर्‍याउनु पर्नेमा जोड दिईन्।

विशेष अतिथि सुरेन्द्र प्रजाले सहकारीले स्थानीय स्तरमा गरेको कार्यको उच्च मूल्यांकन गर्दै सहकारीलाई अझ प्रभावकारी बनाउने दिशामा लाग्न सुझाव दिए। साना किसान कृषि सहकारी संघका लेखा समिति संयोजक पुर्षोतम न्यौपानेले सहकारीको लेखा व्यवस्थापन र पारदर्शिताका विषयमा प्रकाश पार्दै आगामी दिनमा अझ राम्रो व्यवस्थापनका लागि सुझाव दिए।

कार्यक्रमका अन्य वक्ताहरूले सहकारीले स्थानीय स्तरमा कृषि उत्पादन र आम्दानी बढाउन गरेको प्रयासको प्रशंसा गरे। सहकारीको नेतृत्वले आगामी वर्षका लागि नयाँ कार्यक्रम र योजना घोषणा गर्नुपर्ने,जसमा कृषकहरूलाई नयाँ प्रविधि र कृषि यन्त्रहरूको उपयोगमा सहयोग, बजार पहुँच विस्तार, र किसानहरूको क्षमता विकास जस्ता विषयहरू समावेश गर्न तर्फ लाग्न सुझाव दिएका छ्न्।

साधारणसभामा सहकारीका अध्यक्ष रेशम लाल श्रेष्ठले सहकारीको इतिहास, उद्देश्य, र हालसम्मको उपलब्धिहरूबारे विस्तृत जानकारी दिएका थिए। उनले सहकारीले कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा थप नयाँ योजनाहरू कार्यान्वयन गरिने बताए।

सल्लाहकार समिति सदस्य माधव भण्डारीले सहकारीको भूमिकालाई अझ सुदृढ बनाउन र स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। अणु राज पाठकले सहकारीका सदस्यहरूको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै सहकारीका योजनाहरूमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

साधारणसभामा सहकारीले आगामी वर्षका लागि कृषि कर्जाको विस्तार, कृषकहरूलाई तालिम तथा प्राविधिक सहयोग, जैविक कृषि प्रवर्द्धन, र बजार व्यवस्थापन सुधारका योजना ल्याउने निर्णय गर्ने प्रतिबद्धता समेत जन आदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रेशम लाल श्रेष्ठले बताए।

साथै, सहकारीले सदस्यहरूबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने र ग्रामीण भेगमा आर्थिक क्रियाकलापहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नयाँ कार्यक्रमहरू सञ्चालन गर्न निरन्तर लाग्ने बताएका छन्।

साधारणसभाको दौरान, सहकारीका ब्यबस्थापन प्रेम लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक हिसाब-किताब, आय-व्यय विवरण, र गत वर्षको उपलब्धिहरूबारे जानकारी दिए।प्रतिवेदन
मा सहकारीको सदस्य संख्या वृद्धि, कृषि ऋणको वितरण, तालिम तथा प्राविधिक सहयोग कार्यक्रमहरूमा सहभागिता, र सहकारीको विभिन्न योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न सदस्यहरूले सहकारीका गतिविधिहरूमा थप सुधार गर्न सुझाव दिएका थिए। उनीहरूले सहकारीले नयाँ प्रविधि अपनाएर उत्पादनशिलता बढाउनुपर्ने, कृषिजन्य उत्पादनहरूको बजार व्यवस्थापनलाई सहज बनाउनुपर्ने, र कृषकहरूको क्षमता अभिवृद्धि गर्न थप तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

सदस्यमध्ये केहीले सहकारीको व्यवस्थापनलाई अझ पारदर्शी र जवाफदेही बनाउनुपर्ने कुरा पनि उठाए। उनीहरूले सहकारीको समग्र विकासका लागि सहकारीमा समावेश सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए।

यस जन आदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुर्व समितिका पदाधिकारीहरु, ब्यबस्थापन लगायत कर्मचारीहरुलाई सम्मान समेत गरेका थिए।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस