एकीकृत अखिल नेपाल शिक्षक संगठन, गजुरी गाउँ समिति द्वारा सिद्धलेख -७ पिपलटार रमाइलो डाँडामा भेला तथा बनभोज कार्यक्रम आज हुने भएको छ।
शनिवार कार्यक्रममा संगठनका मातृ पार्टीका प्रमुख व्यक्तित्वहरूको आतिथ्य रहने, साथै अन्य अतिथिहरूलाई पनि उपस्थित हुन अनुरोध गरिएको आयोजकले हाम्रो दैनिकलाई बताए।
गजुरी गाउँपालिकामा क्रियाशील शिक्षकहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको एकीकृत अखिल नेपाल शिक्षक संगठन, गजुरी गाउँ समिति द्वारा २०८१ माघ १२ गते, आज शनिवार को दिन भेला तथा बनभोज कार्यक्रम हुन लागेको हो।
यस विशेष अवसरमा संगठनका मातृ पार्टीका प्रमुख व्यक्तित्वहरू को आतिथ्य रहनेछ। साथै, शिक्षाक्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरू, शिक्षक साथीहरू, समाजसेवी तथा शुभचिन्तकहरूको उपस्थिति यस कार्यक्रमलाई अझ फलदायी बनाउनेछ भन्ने विश्वास लिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन गजुरी गाउँ समिति कार्यक्रम संयोजक रामकृष्ण पाण्डेले बताउनुभयो।
यस रमाइलो डाँडा पिपलटारमा भेला तथा बनभोज कार्यक्रम मा सहभागिताले शिक्षक संगठनको उद्देश्य प्राप्ति र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।