धादिङ १३, माघ।एकीकृत अखिल नेपाल शिक्षक संगठन गजुरी गाउँपालिकाको अध्यक्षमा हरिशरण तामाङ निर्वाचित भएका छन्। पालिका स्तरीय सम्मेलनबाट तामाङको अध्यक्षतामा २९ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।
शनिबार संगठनको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )जिल्ला सचीव दिपक लामिछाने (सुबोध)को प्रमुख अतिथि,विशिष्ट अतिथिमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,बागमती प्रदेश शिक्षक संगठनका अध्यक्ष शङ्कर अधिकारी,वडा अध्यक्षहरु लगायत अतिथिहरुको समेत सहभागीता रहेको थियो।
निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष रमेश पाठक,उपाध्यक्षमा गंगा सिवाकोटी,राम्जी बहादुर श्रेष्ठ ,कोषाध्यक्ष गिता पाण्डे,सचीव किशोर अधिकारी,सहसचीव रमेश हमाल रहेका छ्न्।
सदस्यहरुमा सदस्यहरुमा गोमा तामाङ, हरि वहादुर श्रेष्ठ, ईश्वरी अधिकारी वस्नेत, देवेन्द्र चेपाङ, ईन्दिरा श्रेष्ठ, रामचन्द्र भण्डारी, ईन्द्र सुवेदी, रोजिना खतिवडा, लक्ष्मी अधिकारी, नवराज ओझा, विक्रम अधिकारी, राजकुमार थापा, विजय तामाङ, विर वहादुर तामाङ, मनिष भण्डारी, ईन्दिरा पण्डित, राधिका सुवेदी, अञ्जु ढुङ्गाना, विमल श्रेष्ठ, दुर्गा घिमिरे, थानेश्वर भट्ट र शान्ता हटुवाल रहेका छन् ।
गजुरी गाउँपालिकामा क्रियाशील शिक्षकहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको एकीकृत अखिल नेपाल शिक्षक संगठन निरन्तर शिक्षा क्षेत्रमा सुधार गर्नका निमित्त लाग्ने निर्वाचित अध्यक्ष हरिशरण तामाङले बताउनुभयो।
यस अधिबेशनमा रामकृष्ण पाण्डेले संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष गिता पाण्डेले आय ब्यय प्रस्तुत गर्नुभएको थियो।