“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराको साथ दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता कार्यक्रम गजुरी गाउँपालिका धादिङ आयोजक, गजुरी व्याडमिन्टन क्लव गजुरी धादिङको सह-आयोजक र नेपाल व्याडमिन्टन संघ काठमाडौं प्राविधिक सहयोगमा व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो।
गजुरी गाउँपालिका वडा नम्बर-५ गलौदी (कभर्ड हल)मा यहीँ २०८१ फागुन ८ गतेदेखि १० गतेसम्म व्याडमिन्टन प्रतियोगिता हुने गजुरी व्याडमिन्टन क्लवका अध्यक्ष पदम राज अधिकारीले बताए।
अध्यक्ष कप दर्ता मिति २०८१ फागुन ६ गते सम्म मात्र हुनेछ। भने खेल विद्या अन्तर्गत प्रथम राष्ट्रिय पुरुष यूगल(Ranking) रु.६६,६६६/- द्वितीय रु.४०,०००/- तृतीय रु.२६,६६६/- हुने लाई पुरस्कृत गरिनेछ।भने दर्ता शुल्क रु.३०००/-लाग्ने छ।
साथै राष्ट्रिय ९०+ पुरुष यूगल तर्फ र पुरुष यूगल (B)तर्फ एउटै मुल्य प्रथम रु.४६,६६६/-द्वितीय रु.२६,६६६/-तृतीय रु.२६,६६६/-हुने लाई पुरस्कृत गरिनेछ।भने दर्ता शुल्क रु.३०००/-लाग्ने छ।
र जिल्ला स्तरीय पुरुष यूगल (B) प्रथम रु.३३,३३३/-द्वितीय रु.२०,००० तृतीय रु.१३,३३३/-छ भने जिल्ला स्तरीय पुरुष यूगल (C)प्रथम रु.२०,००० द्वितीय रु..१३,३३३/-तृतीय रु.१३३३३/-हुने लाई पुरस्कृत गर्ने छ भने टिम दर्ता शुल्क रु.२,००० लाग्ने छ।
खुल्ला जनप्रतिनिधि (टिम एउटै जिल्लाको हुनुपर्ने)तर्फ प्रथम रु.३३,३३३/-द्वितीय रु.२०,००० तृतीय रु.१३,३३३ हुने लाई पुरस्कारको ब्यबस्था छ भने दर्ता शुल्क रु ३,०००/-लाग्ने छ।
टिम दर्ताको लागि दर्ता गरि समयमै दिएको नम्बरमा सम्पर्क गरि दर्ता गर्न आयोजकको अनुरोध छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |