पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ्ग सडक खण्ड राति आंशिक बन्द हुने

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ जेष्ठ ३०, बिहिबार (४ हप्ता अघि)
  • ३५१ पटक पढिएको

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ्ग सडक खण्ड राति आंशिक बन्द हुने

धादिङ/चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्ड निर्माणाधीन अवस्थामा रहेका वार्वाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आर.सि.सि. बिम (Girder) राख्ने कार्यका लागि सडक आंशिकरूपमा बन्द गरिने भएको छ।

नागढुंगा–मुग्लिङ् सडक योजना (पश्चिम खण्ड) तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र धादिङको संयुक्त सूचना अनुसार, २०८२ साल जेठ ३० गतेदेखि असार ७ गतेसम्म हरेक रात १०:३० बजेबाट बिहान ३:०० बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनहरूको आवागमनमा रोक लगाइनेछ।

निर्माण कार्यको सहजताका लागि भारी तथा हलुका सवारी साधनहरूलाई तोकिएको स्थानहरूमा रोकिने व्यवस्था गरिएको छ।

सवारीसाधन रोक्ने स्थानहरू यसप्रकार छन्:

मुग्लिङ्बाट मलेखु जाँदा:भारी सवारी: मुग्लिन (किमी ८२+४००)हलुका सवारी: कुरिनटार (किमी ७५+०००)

मलेखुबाट मुग्लिङ् जाँदा:भारी सवारी: मलेखु (किमी ४३+५००)हलुका सवारी: शितलबजार (किमी ४७+०००)रोकिएका सवारीहरूलाई बिहान ३:०० बजेपछि मात्र गन्तव्यतर्फ जान अनुमति दिइनेछ। सवारीसाधन रोक्दा र चलाउँदा लेन अनुशासनको कडाइका साथ पालना गर्न र जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ।

यस अवधिमा एम्बुलेन्स तथा सुरक्षासम्बन्धी सवारीसाधनहरू भने निर्वाधरूपमा सञ्चालन हुने जनाइएको छ।

सडक योजना कार्यालयले निर्माण कार्यलाई लक्षित गर्दै उत्पन्न असुविधाप्रति सर्वसाधारणसँग क्षमायाचना गर्दै सहयोग र संयम अपनाउन आह्वान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस