रास्वपाले असोज पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको फाइल तस्वीर ।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • १५७ पटक पढिएको

रास्वपाले असोज पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।

बुधबार केन्द्रीय कार्यालय समतिमा बसेको सचिवालय बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।उनकाअनुसार राष्ट्रिय भेला हुनुअघि सातै प्रदेशहरूमा भेला पनि हुनेछ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल हुनेछ।साथै विधान संशोधन प्रस्ताव, ६ वटा विषयमा ‘क्लोज क्याम्प’ मा भएका छलफलका विषयमा पनि राष्ट्रिय भेलामा थप छलफल हुनेछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस