पार्टी निर्माणमा शिर्ष नेतृत्व देखि कार्यकर्ता सम्म खटाइन्छ-अध्यक्ष प्रचण्ड

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ६, बिहिबार (३ हप्ता अघि)
  • ६८ पटक पढिएको

पार्टी निर्माणमा शिर्ष नेतृत्व देखि कार्यकर्ता सम्म खटाइन्छ-अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आजदेखि सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेता सहभागी थिए।

पार्टीको पदाधिकारी र स्थायी समितिले गरेका निर्णय सम्प्रेषण गर्ने र पार्टी सङ्गठन सुधारलगायत कार्यसूचीमा छलफल गर्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले पार्टी निर्माण एवं सङ्गठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताए। पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अगाडि बढ्न उनले निर्देशनसमेत दिए।

आफ्नो नेतृत्वको सरकार उच्च मनोबलका साथ बाहिरिएको र आम नेपाली जनतामा राम्रो छाप परेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाइएका कारण सरकार हटाइएको जिकिर गरे।

बैठक भोलिससम्म बस्नेछ । माओवादी केन्द्रले आज र भोलि बागमती प्रदेश, यही भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक कार्यतालिका तय गरेको छ।

यस्तै यही भदौ ९ र १० मा  गण्डकी प्रदेश, भदौ १२ र १३ मा सुदूपश्चिम प्रदेश, भदौ १४ र १५ मा कर्णाली प्रदेश, भदौ १६ र १७ मा लुम्विनी प्रदेश र भदौ १८ र १९ तीनवटै केन्द्रीय आयोगका पदाधिकारी र केन्द्रीय सदस्य तथा भदौ २२ र २३ गते मधेस प्रदेशका केन्द्रीय सदस्यको बैठक बस्ने  कार्यतालिका छ।

केन्द्रीय विभाग, प्रवास, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार समितिको बैठकको समेत कार्यतालिका तय गरिएको जनाइएको छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस