अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

फोटो:रामहरि न्यौपानेबाट
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ६, बिहिबार (५ महिना अघि)
  • १८९ पटक पढिएको

अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

 देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधवार राति गएको पहिरोले पूर्णरूपमा बन्द भएको र साँझदेखि एक लेन सञ्चालन लेराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिए।

पहिरोसँगै खसेको ठूलोढुङ्गा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो।

पहिरोसँगै ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरुपमा सञ्चालन गराउन अझै समय लाग्ने देखिएको छ।

“तत्कालका लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,” योजना प्रमुख श्रेष्ठले भने, “ठूलो ढुङ्गालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस