बालेनले पोष्ट गरेको स्टाटस हटेपछि प्रधानमन्त्री ओलिको फेसबुक पेज ‘अनफलो’अभियानमा

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ५३ पटक पढिएको

बालेनले पोष्ट गरेको स्टाटस हटेपछि प्रधानमन्त्री ओलिको फेसबुक पेज ‘अनफलो’अभियानमा

काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो’ गर्ने अभियान चलाएका छन।

मंगलबार बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो।  कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो।

त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो अभियान चलाएका छन्।

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन्। बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए।  सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस