गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनु पर्नेमा जोड-कृषिमन्त्री अधिकारी

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र २७, बिहिबार (८ महिना अघि)
  • १६४ पटक पढिएको

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनु पर्नेमा जोड-कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले दुर्गम क्षेत्रमा कृषक माझ रहेको गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री रामनाथ अधिकारीले कृषि उत्पादन वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताउँदै बैंक तथा वित्तीय संस्था मार्फत कृषिमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो।

मन्त्री अधिकारीले दुग्ध विकास संस्थान मार्फत दुग्ध किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले काम गरिरहेको बताउदै  देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस