गजुरी ६ रिमालटारमा पशुमा रेबिजको लक्षण देखा, ११ जना मानिसमा एन्टिरेबिज भ्याक्सिन लगाइयो


गजुरी ६ रिमालटारमा पशुमा रेबिजको लक्षण देखा, ११ जना मानिसमा एन्टिरेबिज भ्याक्सिन लगाइयो

गजुरी गाउँपालिका वडा नं ६ को रिमालटार टोलमा पशुमा रेबिज रोग फैलिएका कारण दुई साता अघि भुस्याहा कुकुरले पशुमा आक्रमण गरेको र पशु मरेको रामचन्द्र न्यौपानेले बताए ।

पशु मरेको खबर आएपछि रोकथामको लागि गजुरी गाउँपालिका
अध्यक्ष गणेशलाल श्रेष्ठ र गजुरी गाउँपालिका ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा जानकारी गराई एन्टिरेविज भ्याक्सिन कार्यक्रम घरमै पुगेर संचालन गरेका हुन।

गजुरी गाउँपालिकाको निर्देशनमा गाउँमै गैई भ्याक्सिन कार्यक्रम संचालन गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र बाट २ जना कर्मचारीले गाउँमा पुगेर एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको कर्मचारी ललिता खतिवडाले बताए। ‘गाउँमा भुस्याहा कुकुरले पशुहरुमा आक्रमण गर्दा पशुहरु मर्न थालेपछि स्थानीयले गजुरी गाउँपालिका खबर गरेका थिए’, खतिवडाले भने‘प्राथमिक स्वास्थ्यका केन्द्रका कर्मचारीले रोग पहिचान गरि सम्भावित संक्रमण टोलमा गजुरी गाउँपालिकाको सिफारिसमा पशुको स्याहार गर्ने ११ जनालाई समेत एन्टिरेविज खोप लगाइएको छ।

रेबिज राेग कुकुर, स्याल वा अन्य जनावरकाे टाेकाइ बाट लाग्ने गर्छ । कुकुर, स्याल, चमेरो, बिरालो लगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस