नेकपा माओवादी केन्द्रले गजुरीमा मंसिर २८ गते खबरदारी सभाको आयोजना गर्ने

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १३, बिहिबार (१ हप्ता अघि)
  • १८० पटक पढिएको

नेकपा माओवादी केन्द्रले गजुरीमा मंसिर २८ गते खबरदारी सभाको आयोजना गर्ने

धादिङ १३,मंसिर।नेकपा (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले मंसिर २८ गते भ्रष्टाचार र वेथिति विरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।

बिहिबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा बसेको नगर अधिवेशन तयारी बैठकले २८ गते नगर कार्यसमिति घोषण सभा तथा भ्रष्टाचार र वेथिति विरुद्ध सभा आयोजना गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारीले जानकारी हाम्रो दैनिकलाई जानकारी दिनुभयो।

भ्रष्टाचार र वेथिति विरुद्धको सभा नीलकण्ठमा नभई जिल्लाका सबै पालिका सम्मेलनको दिन हुनेछ। धादिङ क्षेत्र नं. १ को धुनीबेसी नगरपालिकामा मंसिर १८ गते,बेनीघाट रोराङमा मंसिर २२ गते,गल्छीमा मंसिर २४ गते,गजुरीमा मंसिर २८ गते, सिद्वलेकमा मंसिर २९ गते थाक्रेमा मंसिर ३० गते हुने भण्डारीले बताउनुभयो ।

त्यस्तै धादिङ क्षेत्र नं. २ को रुबिभ्यालीमा मंसिर २१ गते, खनियावासमा मंसिर २३ गते, गंगाजमुनामा मंसिर २८ गते, त्रिपुरासुन्दरीमा मंसिर २५ गते,नेत्रावतीमा मंसिर  २७ गते, नीलकण्ठमा मंसिर २८ गते,ज्वालामुखीमा मंस इर ३० गते हुनेछ।

पालिका सम्मेलनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्र र प्रदेशका सबै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस