गजुरीको किरातेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी पुजा तथा साँस्कृति पर्यटन मेला सम्पन्न

फोटो:बिक्रम अधिकारी।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १५, शनिबार (१ हप्ता अघि)
  • १०८ पटक पढिएको

गजुरीको किरातेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी पुजा तथा साँस्कृति पर्यटन मेला सम्पन्न

गजुरी गाउँपालिका वडा नम्बर ८ मा अबस्थित किरातेश्वर महादेवको मन्दिर (लामाचिरा)मा बाला चतुर्दशी पुजा तथा साँस्कृति पर्यटन मेला सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका सरकार प्रमुख एवम् गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले किरातेश्वर महादेव मन्दिर निर्माणको काम पुरातत्व बिभागबाट भईरहेको र बाँकी काम गजुरी गाउँपालिका सरकार गर्न तयार रहेको समेत बताए।

यहाँ भक्तजनहरु धेरै स्थानहरुबाट यस किरातेश्वर महादेवको मन्दिरमा बत्ती बाल्न आउने गरेको र यो मन्दिरलाई ब्यबस्थित तथा मन्दिरसम्म पुग्ने बाटोलाई अझै स्तरोन्नती गर्दै लैजाने श्रेष्ठको भनाइ छ।

धेरै बर्ष अगाडीदेखि यस मन्दिरमा बाला चतुर्दशीको मेला लाग्दै आईरहेकोमा यो बर्ष भने अलि फरक र भब्य तरिकाले मेला आयोजना भएकोमा स्थानीयबासीहरु खुशिले हर्षित भएका थिए।

कार्यक्रमका विशेष अतिथीका गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले गजुरी गाउँपालिका भरि सञ्चालन हुने मेला मध्येकै यो साँस्कृतिक कार्यक्रम भब्य भएको बताइन् ।मन्दिर निर्माण गर्नेदेखि तारबार लगाउने काममा गजुरी गाउँपालिकाले समेत सघाउने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा वडा नम्बर ८ का वडा अध्यक्ष देवराज ओझाले यो किरातेश्वर महादेवको मन्दिरको ऐतिहासिक पृष्ठभुमि देखि अहिलेसम्म भईरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिदै मन्दिरमा आयोजना गरिएको यो कार्यक्रममा अहिले मन्दिर निर्माणको लागि बिभिन्न ब्यक्तिहरुबाट सहयोग संकलन भईरहेको समेत जानकारी व्यक्त गरेका छ्न ।

कार्यक्रम निकै उत्कष्ट बनाउन सहयोग गर्ने गजुरी गाउँपालिका, मन्दिर निर्माण समिती तथा सिङ्गो गजुरी गाउँपालिकालाई धन्यवाद समेत ब्यक्त गरे ।

शुक्रबार यस मेलामा छिमेकी पालिका गल्छी देखि जनप्रतिनिधि देखि स्थानिय को समेत बाक्लो उपस्थित रहेको थियो।भने राष्ट्रिय कलाकारहरु सागर बिसि, प्रतिमा अर्याल, सुशिला लामा, अन्जु पुरी, दिपक तिरुवा, भरत बराकोटी लगायतका कलाकारहरुले एकल गित तथा लाईभ दोहोरीबाट भरपुर मनोरन्जन प्रदान गरिएको थियोे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस