अखिल क्रान्तिकारी धादिङका इन्चार्ज उपेन्द्र जम्कटेलले संगठनको केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
संगठनले पदाधिकारीमा ३२ वर्षे उमेर हद कायम गरेका बेला युवा विद्यार्थी नेता जम्कटेलले बागमती प्रदेशतर्फ उपमहासचिव पदका लागि उम्मेदवारी दिएका हुन्।
उपेन्द्र जम्कटेलको संगठनात्मक यात्रा र अनुभवले उनलाई योग्य, ऊर्जाशील र प्रभावकारी नेता बनाएको छ। २०६५ मा इकाई कमिटी सदस्यका रूपमा यात्रा सुरू गरेका जम्कटेलले संगठनका विभिन्न तहमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
२०६८ मा इकाई सचिव, २०६९ मा किरान्चोक अध्यक्ष, २०७० मा तत्कालीन धादिङ क्षेत्र नं. ३ को सचिवालय सदस्य, २०७२ मा जिल्ला सहसचिव, २०७३ मा जिल्ला सचिव, २०७५ मा जिल्ला संयोजक हुँदै उनले संगठनको नेतृत्व क्षमतामा नयाँ आयाम थपे।
माओवादी र एमालेको एकीकरणपश्चात्, जिल्ला सहसंयोजकका रूपमा उनले जिम्मेवारी निर्वाह गरे। सर्वोच्चको आदेशपछि पार्टी विभाजन हुँदा, २०७९ देखि उनी संगठनको जिल्ला इन्चार्ज बनेका छन्।
उनको नेतृत्वमा धादिङका ८ मध्ये ५ क्याम्पसमा स्ववियु निर्वाचन जित्नु उनका ठूला सफलतामध्ये एक हो। संगठनलाई जिल्लामा पहिलो स्थानमा पुर्याउन सफल जम्कटेलले अखिल क्रान्तिकारीलाई संगठित, सशक्त र प्रभावकारी बनाउन उल्लेखनीय काम गरेका छन्।
उपेन्द्र जम्कटेलको उम्मेदवारीले संगठनलाई केन्द्रीय स्तरमा थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।जम्कटेल १७ वर्षभन्दा बढीको संगठनात्मक अनुभव संगालेका जम्कटेल संगठनप्रति समर्पित ऊर्जाशील युवाका विद्यार्थीका रूपमा परिचित छन् ।
निरन्तर विद्यार्थीहरुको माझ रहन सफल जम्कटेल जस्ता दीर्घ अनुभव भएका र नेतृत्वदायी क्षमताका व्यक्तिले संगठनको भविष्यमा ठूलो सकारात्मक प्रभाव पार्ने सम्भावना छ। संगठनप्रति उनको इमानदारी, निष्ठा र सक्रियताले संगठनभित्र नवीन ऊर्जा भर्न सक्छ।
उनले विगतमा प्रस्तुत गरेको रणनीतिक सोच र नेतृत्वले संगठनलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ। यस्ता व्यक्तित्वको योगदानले संगठनको दीर्घकालीन लक्ष्य हासिल गर्न मार्गप्रशस्त गर्नेछ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |