सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन १६, शुक्रबार (२ हप्ता अघि)
  • १०७ पटक पढिएको

सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड

काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ को तोप भन्ने ठाउँमा आज बिहान आयोजित भेटघाट कार्यक्रममा उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाए ।

हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’

उनले अगाडि भने, ‘यो किन त्यस्तो भाछ भन्दा सरकार र बिचौलियाहरुले सेटिङ गरेर किसानहरुलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भा हो ।’उनले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने उनले आश्वासन दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिंचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन भनेका थिए । सोही क्रममा प्रचण्डले ऊर्जा मन्त्रालयसँग कुरा गरेर विद्युत र सिंचाइको समस्या समाधान गर्ने आश्वासनसमेत दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस