धादिङ ।बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय गजुरीको समन्वय र गजुरी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकत्वमा गृहिणी महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, आत्मनिर्भरता अभिवृद्धि, तथा सीपमूलक तालिम कार्यक्रम सुरु हुने भएको छ।
बागमती प्रदेश सरकारले लागू गरेको गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० अनुरूप गजुरी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकत्वमा र सामाजिक विकास मन्त्रालय गजुरीको समन्वयमा यो तालिम आयोजना गर्नको लागि छलफल गरिएको हो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले मन्तव्य राख्दै यस कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत गर्ने बताउनु भयो। साथै, स्थानीय तहको सहकार्यमा थप प्रभावकारी उद्यमशीलता कार्यक्रमहरू सञ्चालन गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस तालिममा महिलाहरूलाई सीप विकासका साथै विभिन्न व्यवसायिक ज्ञान प्रदान गरिनेछ, जसले उनीहरूलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ।