गल्छी गाउँपालिकाको तीन ओटा वडा बालमैत्री वडा घोषणा हुने:जिल्ला समन्वय प्रमुख यादव

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २३, शुक्रबार (१ हप्ता अघि)
  • ९७ पटक पढिएको

गल्छी गाउँपालिकाको तीन ओटा वडा बालमैत्री वडा घोषणा हुने:जिल्ला समन्वय प्रमुख यादव

धादिङ । गल्छी गाउँपालिकाका वडा नं. १,२ र ७ मा बालमैत्री वडा घोषणा हुने भएको छ।

अनुगमनको आधारमा समिक्षा बैठकले बालमैत्री वडा घोषणाको लागि जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ।तिन वटै वडामा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो।

जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवका अनुसार समितिको बैठकले वडाहरुमा गरिएको अनुगमनमा देखिएका र भएका गतिविधिको समीक्षा गर्दै सुझाव सहित बालमैत्री स्थानीय शासनका लागि बालमैत्री वडा घोषणा गर्न सिफारिस गरेको हो।

चार वर्षदेखि बालमैत्री स्थानीय शासनका लागि भएको निरन्तर प्रयास, नीतिगत, संस्थागत, र कार्यक्रमगत सुधारले यी वडाहरूलाई बालमैत्री बनाउन मद्दत गरेको छ। नेपाल सरकारले तोकेका ५१ ओटा सूचकहरू पूरा गर्दै अनुगमन समितिले सिफारिस गरेको हुँदा अब औपचारिक रूपमा घोषणा हुने चरणमा पुगेको देखिन्छ।

बालमैत्री स्थानीय शासन लागू भएपछि नीति निर्माणमा बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित हुन सक्नेछ। यो पहलले गल्छीका बालबालिकाको भविष्य अझ सुरक्षित, समावेशी, र समृद्ध बनाउने अपेक्षा समेत गरेका छ्न्।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस