धादिङ। अखिल नेपाल महिला क्रान्तिकारी संघ गजुरी द्वारा आयोजित ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गा.पा.स्तरीय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम अध्यक्ष चेलिमाया तामाङ को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य राम ब. भण्डारी रहनुभएको थियो। विशेष अतिथिका रूपमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं. १ र ८ का अध्यक्ष तारानाथ भण्डारी, देबराज ओझा,अखिल नेपाल व्युटिसियन श्रमिक संघ केन्द्रिय अध्यक्ष साबित्रा आचार्य लगायतका स्थानीय जनप्रतिनिधि तथा महिला दिदीबहिनीहरूको उपस्थितिमा सप्पन्न भएको हो।
शनिबार कार्यक्रममा महिला श्रमिकहरूको हक-अधिकार, समानता, सशक्तिकरण, तथा सामाजिक योगदानबारे विशेष छलफल भएको थियो। प्रमुख अतिथि भण्डारीले महिलाहरूलाई सशक्त बनाउन र उनीहरूलाई समान अवसर उपलब्ध गराउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले पनि महिला हकहितको संरक्षण तथा उनीहरूको आर्थिक तथा सामाजिक उन्नतिका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।साथै आगामी दिनमा जनताको घर दैलो अभियानमा लाग्ने र समस्याहरुको समाधान गर्न तर्फ लाग्ने भेलामा बताए।
कार्यक्रमका वक्ताहरूले महिलाहरूको संघर्ष, योगदान र उनीहरूको सशक्तिकरणका लागि समाजमा आवश्यक पर्ने परिवर्तनहरू माथि प्रकाश पारेका थिए। उपस्थित सबैले एकजुट भई महिलाको हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
यस ऐतिहासिक दिवसको अवसरमा आयोजित कार्यक्रम सफलताको शुभकामना दिदै महिला श्रमिकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सशक्तिकरणको यात्रामा निरन्तर अघि बढ्न समेत अखिल नेपाल व्युटिसियन श्रमिक संघ केन्द्रिय अध्यक्ष साबित्रा आचार्यले बताईन।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |