पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो,केमा कति हेर्नुस्?

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १६, आईतबार (८ महिना अघि)
  • २३३ पटक पढिएको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो,केमा कति हेर्नुस्?

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस