मनहरी गाउँपालिकाको रमनटार समीडाँडामा बस दुर्घटना हुँदा ३५ जना घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक २१, बुधबार (६ महिना अघि)
  • ३१८ पटक पढिएको

मनहरी गाउँपालिकाको रमनटार समीडाँडामा बस दुर्घटना हुँदा ३५ जना घाइते

हेटौंडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधबार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन्।

घाइते मध्ये २८ जना घाइतेलाई उपचारका लागि चितवन भरतपुर पठाइएकोछ।
४ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश–२–०३–००१ ख ३६३९ नम्बरको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो।

तीव्र गतिमा आएको बस मोड काट्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर नभएको प्रहरीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस