धादिङ ।गजुरी गाउँपालिकाले एस.ई.ई.मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने इश्वर भण्डारीलाई नगद रु.१ लाखसहित सम्मान गरेको छ।
बिहिबार गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको अवसरमा एस.ई.ई.मा ४ जिपिए ल्याउने गजुरी पीडा मा.वि.का इश्वर भण्डारी र गजुरी निवासी शिवपुरी मा.वि.मा अध्ययनरत सबिना प्रजालाई पनि बिशेष सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आफ्नो ब्यक्तिगत रुपमा पनि १०/१० हजार प्रदान गर्नुभएको छ।
चेपाङ समुदायबाट एस.ई.ई.मा ४ जिपिए ल्याउने पहिलो बिद्यार्थी सबिना प्रजालाई अगामि दिनमा थप सम्मान गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।
विद्यार्थीहरुलाई सम्मानपत्र र नगद प्रदान गरिँदा उनीहरूले यस्ता सम्मानले थप मेहनत गर्न प्रेरणा मिल्ने र पाएको सम्मानले आगामी वर्ष परीक्षा दिने विद्यार्थीलाई अझ मेहनत गर्न प्रोत्साहन मिल्ने बताएका छन् ।
त्यस्तै गजुरी गाउँपालिका वडा नं.१ ले पनि उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई नगद ७ हजार,दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको छ । साथै गाउँपालिकाले केही बिद्यार्थीहरुलाई स्कुल ब्याग समेत प्रदान गरिएको थियो ।सामुदायिक विद्यालयलाई बिभिन्न फलफूलका बिरुवासमेत दिईएको छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीले गजुरी गाउँपालिकाले सक्रियता र प्रोत्साहनले शिक्षा क्षेत्रको रूपान्तरण सम्भव रहेको बताउनुभएको छ।
कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांगितिक प्रस्तुतिसमेत प्रदर्शन .गरेका थिए ।शैक्षिक समृद्धिको बाटोमा गजुरी गाउँपालिकाले चालेको कदमले विद्यार्थी, अभिभावक र शिक्षक समुदायमा उत्साह थपेको छ। गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |