गजुरी गाउँपालिका वडा नं.१ मा रहेको आदर्श माध्यमिक बिधालय गजुरीले २०८१ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एस.एल.सि (+2)मा सहभागी भएका यस विद्यालयका कुल ६२ जना विद्यार्थीहरूमध्ये ५९ जना (९५.१६%) विद्यार्थी सफल (ग्रेडेड) भएका अवसरमा मङगलबार बधाई तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ।
गजुरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष तारानाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्तोष पौडेल,स्रोत शिक्षक सुजन भण्डारी,प्राविधिक सहायक शङ्कर बोहोरा,आदर्श बहुमुखी क्याम्पस प्रमुख मुक्तिकला लामिछाने, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय अभिभावक संघका पदाधिकारीहरु, अभिभावकहरु लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा परीक्षामा विभिन्न ग्रेड हासिल गर्न सफल विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई बधाई ज्ञापन गर्दै अतिथिहरुले फूलगुच्छा, अबिर र खादा अर्पण गरी सम्मानित गरेका छ्न्। उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई विषय शिक्षक र विद्यालयको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यस अवसरमा विद्यार्थीहरूले केक काटी अतिथिहरूलाई खुवाएर आफ्नो खुशी साटासाट गरेका थिए।विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउन सफल विषय शिक्षकहरूलाई विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष र अतिथिहरु बाट टीका तथा खादा अर्पण गरी विशेष सम्मान गरिएको थियो।




