धादिङको आदर्श माध्यमिक विद्यालय गजुरीमा शिक्षक पदका लागि दरखास्त आह्वान


धादिङको आदर्श माध्यमिक विद्यालय गजुरीमा शिक्षक पदका लागि दरखास्त आह्वान

धादिङ । गजुरी गाउँपालिका–१ मा अवस्थित आदर्श माध्यमिक विद्यालयले देहाय बमोजिम विषयको शिक्षक पदका लागि आवेदन चौथो पटक आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय र गजुरी गाउँ शिक्षा युवा तथा खेलकुद शाखाको सिफारिसमा प्रकाशित सूचनाअनुसार करार सेवामा १ जना शिक्षक पदपूर्ति गर्न लागिएको हो।

विद्यालयले जनाएको अनुसार, इच्छुक उम्मेदवारले कम्तीमा कक्षा १२ मा अग्रेजी मुल विषयमा अध्ययन पूरा गरेको हुनुपर्नेछ। साथै, उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक मात्र आवेदन दिन योग्य हुनेछन्।

दरखास्त दिन चाहनेले हस्तलिखित निवेदन सहित नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यक्तिगत विवरण (बायोडाटा) लगायतका कागजातको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने विद्यालयले जनाएको छ।

आवेदन फाराम बुझाउन अन्तिम मिति २०८२ भदौ १५ गतेसम्म तोकिएको छ भने भदौ १६ गते सम्पर्क मिति तोकिएको छ। परीक्षा लिखित र मौखिक दुवै हुनेछन् भने परीक्षा मिति र स्थान सम्पर्क मितिमा मात्र सार्वजनिक गरिने विद्यालयले जनाएको छ।

सफल उम्मेदवारलाई गाउँपालिकाको नियमानुसार पारिश्रमिक सुविधा उपलब्ध गराइनेछ। यस पदको आवेदन शुल्क रु.१००० रुपैयाँ तोकिएको छ।

अधिक जानकारीका लागि विद्यालयको सम्पर्क नं.९८४१९०१४९२, ९८६०२०६००२ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने प्रधानाध्यापक सुरेशकुमार बस्नेतले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस