गजुरीका विद्यालयहरूमा उत्कृष्ट नतिजा, तीन विद्यालयको शत प्रतिशत सफलता


गजुरीका विद्यालयहरूमा उत्कृष्ट नतिजा, तीन विद्यालयको शत प्रतिशत सफलता

धादिङ — गजुरी गाउँपालिकाका माध्यमिक विद्यालयहरूको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार गाउँपालिकाको समग्र सफलता दर ९० प्रतिशत रहेको छ।

गाउँपालिकाभित्र रहेका ११ वटा विद्यालयमध्ये आदर्श माध्यमिक विद्यालय,थुम्किडाँडा माध्यमिक विद्यालय र मुनाल एकेडेमीले शत प्रतिशत नतिजा हासिल गरेका छन्।

गाउँपालिका भरबाट २९३ जना विद्यार्थीले नियमिततर्फ परीक्षा दिएका थिए, जसमा १८२ जना उत्तीर्ण भएका छन्। त्यस्तै ग्रेड वृद्धि तर्फ १०२ जना विद्यार्थी सहभागी हुँदा ७३ जना उत्तीर्ण भएका छन्। नियमित र ग्रेड वृद्धि दुवै तर्फको गणना गर्दा कुल २८४ जना सहभागी विद्यार्थीमध्ये २५५ जना उत्तीर्ण भएका छन्।

विद्यालयगत नतिजा हेर्दा, आदर्श मा.विको नियमित तर्फको सफलता दर ८३.३३ प्रतिशत रहेको छ भने ग्रेड वृद्धि समावेश गर्दा नतिजा १०० प्रतिशत पुगेको छ। त्यसैगरी गजुरी पीडा मा.वि र किराञ्चोक मा.विले पनि ९३ प्रतिशत सफलता हासिल गरेका छन्।

यसैबीच डोल भञ्ज्याङ मावि र किराञ्चोक कटुन्जे मा.विले ८६ प्रतिशत, भानुभक्त मा.विले ७३ प्रतिशत,पिडेश्वरी मा.विले ७१ प्रतिशत, र छेपाङ मा.विले ५० प्रतिशत र मुनाल एकेडेमीले १०० प्रतिशत नतिजा हासिल गरेका छन्।

नतिजा सार्वजनिकसँगै गाउँपालिकाका शिक्षा सरोकारवालाहरूले विद्यालयहरूको समग्र प्रगति सन्तोषजनक रहेको बताएका छन्। उनीहरूले गाउँपालिकाको शिक्षा गुणस्तर निरन्तर सुधार भइरहेको उल्लेख गर्दै यस वर्षको नतिजा शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासको परिणाम भएको प्रतिक्रिया दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस