धादिङको धुनिबेशी–६ चालिसेमा सात गाडी ठोक्किँदा दुर्घटना, दुईको मृत्यु, ३३ घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ मंसिर २०, शनिबार (१ महिना अघि)
  • १७४ पटक पढिएको

धादिङको धुनिबेशी–६ चालिसेमा सात गाडी ठोक्किँदा दुर्घटना, दुईको मृत्यु, ३३ घाइते

गजुरी २०, मङ्सिर।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगर पालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

सात वटा सवारीसाधन एकआपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

काठमाडौँबाट मलेखु तर्फ जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन्।चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस