आर्नव रेग्मी र स्वस्तिका वोस्तीको उत्कृष्ट प्रदर्शन, सक्सेस एकेडेमी प्रदेश च्याम्पियन


आर्नव रेग्मी र स्वस्तिका वोस्तीको उत्कृष्ट प्रदर्शन, सक्सेस एकेडेमी प्रदेश च्याम्पियन

धादिङ। वाग्मती प्रदेश प्याब्सनद्वारा चितवनमा आयोजित माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी वाग्मती प्रदेश च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगितामा सहभागी १३ जिल्लाका च्याम्पियन विद्यालयहरूलाई पछि पार्दै सक्सेस एकेडेमीले उपाधि हात पारेको हो।

प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गरेका विद्यार्थी स्वस्तिका वस्ती र आर्नव रेग्मीले प्रत्येक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयलाई गौरवपूर्ण जित दिलाएका हुन्।

यस सफलतासँगै सक्सेस एकेडेमीले यस वर्ष अतिरिक्त क्रियाकलाप तर्फ कुल सात वटा ट्रफी जित्दै शैक्षिक तथा अतिरिक्त गतिविधिमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको विद्यालयले जनाएको छ।

उक्त ऐतिहासिक उपलब्धिमा सहयोग पुर्‍याउने समर्पित शिक्षक–शिक्षिका,अभिभावक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस