गजुरीको बतासे आ.वि.मा: समाजसेवी अजय भण्डारीद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८२ माघ ९, शुक्रबार (१ हप्ता अघि)
  • २३८ पटक पढिएको

गजुरीको बतासे आ.वि.मा: समाजसेवी अजय भण्डारीद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

धादिङ।वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिन गजुरी गाउँपालिका वडा नं.१ निवासी समाजसेवी अजय भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर बतासे आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

कार्यक्रम गजुरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका स्रोत शिक्षक सुजन भण्डारी,समाजसेवी शङ्कर पण्डित र झलक बरुवालको पहलमा न्यानो कपडा वितरण भएको हो।कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर थिङ तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा स्रोत शिक्षक सुजन भण्डारी रहनुभएको थियो।

उक्त विद्यालयमा समाजसेवी भण्डारीको सहयोगले विद्यार्थीहरूलाई न्यानो कपडा मात्र नभई हौसला र प्रेरणा पनि प्रदान गरेको छ।साथै गजुरी गाउँपालिका वडा नं.३ निवासी समाजसेवी झलक बरुवालले स्टेसनरी सामाग्री वितरण गर्नुभएको हो।

भविष्यमा पनि यस्तै समाजसेवा गर्दै यस विद्यालयमा रहेका विद्यार्थी हरूलाई जुत्ता लगायत अन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।अन्त्यमा विद्यालयका प्रधानाध्यापक भीम बहादुर माझीले यस्ता सामाजिक सहयोग निरन्तर गर्दै जान सबैमा आग्रह गर्नुभएको थियो।

यसै विद्यालयका अनुसार,शिक्षक,अभिभावक,विद्यार्थी,समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु