संसद् पुन:स्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्च अदालतमाथि दबाब बढाउँदै कांग्रेस र एमाले

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ माघ १५, बिहिबार (२ दिन अघि)
  • १८ पटक पढिएको

संसद् पुन:स्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्च अदालतमाथि दबाब बढाउँदै कांग्रेस र एमाले

काठमाडौँ : संसद् पुन:स्थापनाको मुद्दा छिटो निरुपण गर्न सर्वोच्च अदालतमाथि कांग्रेस र एमालेले दबाब बढाएका छन्। निर्वाचनको समय आउनैलाग्दा पनि अदालतले उदासीनता देखाएको भन्दै उनीहरूले प्रधानन्यायाधीशलाई नै भेटेर ध्यानाकर्षण गर्दैछन्।

काठमाडौंमा उपलब्ध कांग्रेस र एमालेका सांसदले बिहान ११ बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर ध्यानाकर्षण गराउने कांग्रेसका निवर्तमान प्रमुख सचेतम श्यामकुमार घिमिरेले जानकारी दिए। मंगलबार संसद पुन:स्थापना भए के होला भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार गरेपछि अदालतले माघ २० गते सामान्य तारेख मात्र राखिएको तर पेशी नतोकिएको भन्दै स्पष्टीकरण दिनुपरेको थियो।

संसद पुन: स्थापनासम्बन्धी १७ रिट एकसाथ राखेर संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। पुुस ९ गतेयता मुद्दाको पेसी नै तोकिएको छैन। कांग्रेसमा आएको विभाजन र भदौ २३ र २४ गतेको घटना निर्वाचनको मुख्य एजेण्डा बन्दा एमाले पनि प्रतिनिधिसभा पुन:स्थापनाका लागि दबाब दिन फेरि सक्रिय भएका हुन् ।

केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले निर्वाचनको वातावरण नबनेको भन्दै फेरि सडकमा आउनसक्ने आशयका अभिव्यक्ति दिएका थिए। पछिल्लो केही दिनयता काठमाडौंको माइतीघर मण्डलामा युवाहरुका समूह संसद पुन:स्थापनाको मागसहित भेला हुन थालेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु